भैरहवाबाट ढाका उडान सुरू गर्न परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरू गर्न राजदूत चौधरीलाई आग्रह गरिन्। सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि...