बाटो हराएको बाटोको यात्रा
पूर्वी डायरी एक: मुकुम्लुङ अर्थात् पाथीभराको यात्रा डायरी लेख्न बस्दा यतिबेला पोखराको मौसम चिसो छ। नयाँ वर्षको पहिलो दिनको पहिलो साँझ ठूलो हुरीले पिङ खेलिरहेछ–पोखराको आकाशभरि। पूर्वी पहाडलाई शब्दमा उतारेर संगीतको झरनामा नुहाइएका गीतहरूले भन्छन–पूर्व आफैंमा अपूर्व छ, सुन्दरतामा। त्यही सुन्दरतामा रमाउने धोको थियो–वर्षौंदेखि मनमा...