ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सरकारलाई पूर्णता दिँदै प्रचण्ड, सत्ता गठबन्धनका सबै दललाई समेट्ने

५ घण्टा अघि   नेपालखबर

नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन्। ...

नेपाली सेना र अमेरिकी सेनाबीच चैत १३ देखि १५ सम्म तीन दिवसीय बैठक

५ घण्टा अघि   फरक धार

यही चैत १३ गतेदेखि १५ गतेसम्म नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिवसीय बैठक हुने भएको छ । काठमाडौंमा हुने सो बैठकलाई ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ नाम दिइएको छ ।  नेपाली सेनाका अनुसार सन् २०१८ देखि हरेक वर्ष...

निवर्तमान उर्जामन्त्री लिङ्देनलाई इपानले दियो धन्यवाद

५ घण्टा अघि   नेपालखबर

निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली आज राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ। इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज राप्रपा अध्यक्ष, निवर्तमान उर्जा मन्त्री लिङ्देनसंग भेट...

विराट गोल्डकप: संकटालाई हराउँदै केरला सेमिफाइनलमा

५ घण्टा अघि   सेतोपाटी

पाहुना टोली भारत केरलाको 'लुका सकर क्लब' सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा  ८–७ गोलले निराश बनाउँदै लुका सकरले सेमिफाइनल यात्रा तय गरेको हो। निर्धारित ९०...

पूर्वराजा ज्ञानेन्द्रसँग दूरी बढिरहेका बेला जब लिङ्देन दौरा–सुरुवालविना भेट्न पुगे

६ घण्टा अघि   नेपालखबर

अघिल्लो मंसिर (२०७८) सम्मपनि राप्रपाका तत्कालीन अध्यक्ष कमल थापामा राजतन्त्र र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुनै विरक्तिभाव थिएन। २०६३ मा लोकतन्त्र स्थापनापछिको गणतन्त्रको लहरसँगै राजतन्त्रका लागि प्रतिकूल स्थितिमा समेत थापाले पूर्वराजा शाह र राजतन्त्रलाई काँध थापी हिँडिरहे। निर्मल निवासको सहयोगमा राजेन्द्र...

क्रिकेट रंगशालामा फ्लड लाइट जडानको तस्बिर भूलवश पोस्ट भएको दाहालको स्पष्टीकरण

६ घण्टा अघि   फरक धार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट जडान भएको फोटो भूलवश पोस्ट भएको स्पष्टीकरण दिएको छ ।  यसअघि प्रधानमन्त्रीपुत्री तथा स्वकीय सचिव गंगा दाहालले फ्लड लाइट निर्माण सम्पन्न भएको भन्दै मैदानको फोटो सेयर गरेकी थिइन् । तर,...

भुटानी शरणार्थीलाई अमेरिका पठाइदिने भन्दै ठगेको आरोपमा ३ जना पक्राउ

६ घण्टा अघि   नेपालखबर

भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव प्रसाद दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरेको हो।  उनीहरुले ८१ जनालाई यसरी ठगी गरेको आरोप छ। ...

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

६ घण्टा अघि   नेपालखबर

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन्। आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए। बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै...

कर्णाली प्रदेशसभा : सडक दुर्घटनादेखि बालबालिका पढाउनुपर्नेसम्म

६ घण्टा अघि   थाहाखबर

सुर्खेत : लामो समयपछि कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्यले सडक दुर्घटनादेखि बादी समुदायका बालबालिकालाई पढाउन सरकारले ध्यान दिनुपर्नेसम्मका कुरा उठाएका छन्। कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ हुन नदिन सरकारले चासो नदिएको आरोपसमेत सांसदले लगाएका छन्। प्रदेशसभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिक...

भुटानी शरणार्थी : गैरशरणार्थी अमेरिका पठाउने ८१ जनाको गिरोह‚ मुख्य नाइकेहरू पक्राउ

६ घण्टा अघि   थाहाखबर

काठमाडौं : भुटानी शरणार्थीको नाममा गैरशरणार्थीलाई अमेरिका पठाउने गिरोहका मुख्य नाइकेहरु पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरशरणार्थीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका ८१ जनाको पहिचान गरेको जनाएको छ। प्रहरीले मुख्य नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई आइतबार पक्राउ...

करिब दुई लाख मूल्यबराबरका कपडा बरामद

६ घण्टा अघि   फरक धार

कञ्चनपुर प्रहरीले झण्डै दुई लाख मूल्यबराबरका कपडा बरामद गरेको छ । आइतबार विशेष सुचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो । सलाई, अस्तर कपडा, नरिवल धुलो र प्लाष्टिक झिल्ली गरि करिब एक लाख ८७ हजार...

कलंकी मालपोत कार्यालयअगाडि बल्खु खोलामा नवजात शिशुको शव फेला

६ घण्टा अघि   फरक धार

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ । बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...

नेपाल रसियासँग पराजित

६ घण्टा अघि   नेपालखबर

साफ यू–१७ महिला फुटबल च्याम्पियनसिपमा नेपाली टोली रसियासँग पराजित भएको छ।  बंगलादेशको ढाकास्थित विर श्रेष्ट शहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाल बलियो टोली रसियासँग ३–० गोल अन्तरले पराजित भएको छ। हारसँगै नेपालको उपाधि जित्ने सपना सकिएको छ। ...

प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन मन्त्री मोदीको निर्देशन

६ घण्टा अघि   फरक धार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।  मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले...

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपाल रुससँग ३-० ले पराजित

७ घण्टा अघि   फरक धार

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रुससँग ३–० ले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो ।  यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतविरुद्ध ४–१ को हार बेहोरेको थियो । यता, रुसको भने यो लगातार तेस्रो जित हो ।...

सलमान खानलाई धम्की दिने आरोपित पक्राउ

७ घण्टा अघि   फरक धार

बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत धम्की दिने एकजना आरोपितलाई पक्राउ परेका छन् ।  सलमान खानलाई केहीअघि पनि इमेलमार्फत धम्की दिइएको थियो । इमेलमा भनिएको थियो– ‘तिम्रो हालत पनि सिद्धू मूसेवालाको जस्तै हुनेछ ।’ सलमानलाई यो धम्की एक–दुई दिनअघि दिइएको थियो...

सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्ताव पारित

७ घण्टा अघि   फरक धार

प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ ।  आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो। बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको...

सत्य निरुपणसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

७ घण्टा अघि   नेपालखबर

प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ।  आइतवार बसेको प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...

सरकारी स्कुल : परीक्षा छोडेर आन्दोलनमा हिँडे निजी स्रोतका शिक्षक

७ घण्टा अघि   थाहाखबर

चन्द्रौटा : चलिरहेको परीक्षा प्रभावित पारेर निजी स्रोतका शिक्षकहरू आन्दोलित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिकाको विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकहरूले आइतबार चलिरहेको परीक्षा प्रभावित पारेका छन्। शिक्षक नभएपछि नेपाल आदर्श उच्च मावि शिवपुर र जनचेतना माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरूलाई अरु नै गार्ड...

एभरेस्ट बैंकले मनायो 'ग्लोबल मनी वीक २०२३' 

७ घण्टा अघि   सेतोपाटी

एभरेस्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित 'ग्लोबल मनी वीक, २०२३' सम्पन्न गरेको छ। बैंकले सातै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी वीक, २०२३ मनाएको हो। कार्यक्रमबाट युवा अवस्थादेखि नै बुद्धिमानीपूर्वक पैसा व्यवस्थापन...

निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर

७ घण्टा अघि   नेपालखबर

बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु मापदण्ड विपरीत चाहिँ चल्ने गरेको पाइएकाले यस्ता गाडीहरूबाट बालबालिका जोखिममा पर्ने हुँदा जाँच अभियानलाई तीव्रता...

एकै दिन १६ जनमा कोरोना संक्रमण

७ घण्टा अघि   नेपालखबर

कोरोना भाइरसको संक्रमण आज पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ। चैत १०...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण

७ घण्टा अघि   नेपालखबर

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको सो कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो। कार्यक्रमको...

कोरोनाको जोखिम अझै हटेको छैन : स्वास्थ्य मन्त्रालय

७ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम अझै हटेको छैन। केही दिनअगाडि शून्यमा झरेको संक्रमण दर आइतबार करिब २ प्रतिशतमा पुगेको छ। एकै दिनमा १६ जनामा संक्रमण देखिएको छ भने दुई जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर कोरोनाका ४२...