खुट्टिखोलामा सुविधासम्पन्न घाट बन्ने, लागत साढे २ करोड
सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ। नगरपालिकाको २ करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे। अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले...