नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य २९ सेकेन्ड अघि सेतोपाटी एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो।
सही दर्शन र विचारधारा नभएका शक्तिहरू विकल्प हुन सक्दैनन्: ओली २९ मिनेट अघि सेतोपाटी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही दर्शन र विचारधारा नभएको शक्ति वैकल्पिक शक्ति हुन नसक्ने बताएका छन्। ललितपुरको गोदावरीमा शनिबारदेखि सुरू भएको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पपुलिस्ट शक्ति र विचारधारा नभएका शक्ति वैकल्पिक...
साहित्यिक यात्राका सम्झनाहरू ३० मिनेट अघि सेतोपाटी नियात्रा धेरैले जीवन यात्रा हो भन्दछन्। तर मलाई यात्रा जीवन हो भन्न मन लाग्छ। किनकि यात्राले जीवन जिउने तौरतरिकाका नयाँ–नयाँ किस्सा सिकाएको हुन्छ। यात्राका क्रममा हरेक ठाउँ, परिवेशका बारेमा अध्ययन–अनुसन्धान र त्यसमा प्रकृतिले दिएका अनेकन सौन्दर्यको आनन्दानुभूति र अनुभव बटुल्न सकिन्छ।...
अमेरिका भ्रमण सकेर फर्किए अर्थमन्त्री पुन ४५ मिनेट अघि सेतोपाटी अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन्। वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन्। चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान...
हङकङविरूद्ध कप्तान रोहित पौडेल आउट, गुम्यो चौथो विकेट ५३ मिनेट अघि सेतोपाटी एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ। खेलको ७.५ ओभरमा नेपालका कप्तान रोहित पौडेल २१ रन बनाएर आउट भएका हुन्। उनी अतिक इकबालको एलबिडब्लु धरापमा परे। आउट हुनुअघि उनले १९ बलमा...
हङकङविरूद्ध नेपालका दुवै ओपनर आउट, गुमायो तेस्रो विकेट १ घण्टा अघि सेतोपाटी एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। ओपनर आशिफ शेख पाँचौं ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनी पनि पनि आयुष शुक्लाकै बलमा कप्तान निजाकत खानले क्याच आउट गरेका हुन्। आउट...
सुनकोसी मरिण डाइभर्सन: सुरुङ खन्न ११० मिटर मात्रै बाँकी १ घण्टा अघि सेतोपाटी राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ। तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु...
हङकङविरूद्ध नेपालले गुमायो दोस्रो विकेट, सोमपाल कामी आउट १ घण्टा अघि सेतोपाटी एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामी आउट भएका हुन्। उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका हुन्। आउट हुनुअघि सोमपालले ७ बलमा...
कुशल भूर्तेल आज पनि शून्य रनमै आउट १ घण्टा अघि सेतोपाटी हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि भइरहेको खेलमा ओपनर कुशल भूर्तेल दोस्रो बलमा आउट भएका हुन्। उनलाई हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराएका...
हङकङविरूद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने १ घण्टा अघि सेतोपाटी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धामा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। ओमानको अल अमिरत स्टेडियममा नेपालले हङकङविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएसँगै आज तेस्रो स्थानका...
कस्तो विवाहलाई सफल भन्ने? १ घण्टा अघि सेतोपाटी विवाह एक सामाजिक परम्परा अनि सृष्टिको निरन्तरता हो। विवाह, परिवार र नातासम्बन्ध मानव समाजको सबभन्दा पुरानो संस्थाहरू हुन्। यी तीनवटै संस्थाहरू अन्तरसम्बन्धित छ। विवाह दुवै परिवार र नातासम्बन्धसँग मात्र जोडिएको छैन, योसँग धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, राजनीतिक, पारिवारिक र व्यक्तिगत...
डम्फु मेलाले शैलुङ तताउँदै (तस्बिरहरू) २ घण्टा अघि सेतोपाटी कुन्ती मोक्तानको गीतले भनेझैं शैलुङमा चौरी चर्ने मात्र होला जस्तो लाग्थ्यो। 'माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई' बोलको गीतले धेरैको मन तानेको छ। मलाई पनि यही गीतले १४ वर्षअघि डोर्याउँदै शैलुङ पुर्याएको याद अझै ताजै छ। जनै पूर्णिमाको दिन मात्र मान्छेहरू पूजा गर्न पुग्थे शैलुङ।...
एमालेविरूद्ध स्थापित गर्न खोजिएको कथित प्रतिगमनको भाष्य खण्डित भयोः ओली २ घण्टा अघि सेतोपाटी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरूद्ध स्थापित गर्न खोजिएको प्रतिगमनको भाष्य खण्डित भएको बताएका छन्। शनिबारदेखि ललितपुरको गोदावरीमा सुरू भएको महाधिवेशन प्रतिनिधि परिषदमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले स्थानीय तह र आम निर्वाचनको परिणामले प्रतिगमनको भाष्य खण्डित...
यो गठबन्धन माघ कट्दैनः गगन थापा ३ घण्टा अघि सेतोपाटी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए। ‘कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका...
भरतपुरमा सूचना प्रविधि मेला सुरु ३ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । चितवनको भरतपुृरमा स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यले ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला’ सुरु भएको छ । चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको आयोजनामा शनिबारदेखि सुरु भएको...
संसदमा एक दर्जन दलको उपस्थितिले राजनीतिक अस्थिरता झन् बढायोः ओली ३ घण्टा अघि सेतोपाटी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक स्थिरता चाहिएको बेला संसदमा एक दर्जन दलको उपस्थितिले झन् अस्थिरताको सम्भावना बढाएको बताएका छन्। शनिबार ललितपुरको गोदावरीमा सुरू भएको एमाले महाधिवेशन परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले यसबाट बलियो राष्ट्रिय शक्ति निर्माणको...
हितैषी ऊ! ३ घण्टा अघि सेतोपाटी झकाउन मात्र के लागेको थिएँ। ढोकाबाट आएको कसैको कर्कश आवाजले झल्याँस्स बिउँझन पुगेँ। राजु ! राजु, ए राजु !! मंसिरको महिना तराईमा न जाडो न गर्मी। तिहारलाई बिदाइ गरेको त्यस्तै आठ दश दिन मात्र भएको हुनुपर्छ। मोबाइलमा समय हेरेँ। रातको ९:३०...
२०७४ सालमा जथाभावी सहकारी खोल्न दिने ऐन बनाएर समस्या भित्राइयोः आरजु राणा ३ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् । शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने...
तस्बिरमा हेर्नुस्, गोदावरीमा जारी एमाले महाधिवेशन परिषद् बैठक ३ घण्टा अघि सेतोपाटी सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद् बैठकको उद्घाटन गरे। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी...
डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई भइरहँदा अदालतबाहिर एक पुरूषले लगाए आफैमाथि आगो ४ घण्टा अघि सेतोपाटी अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई जारी रहँदा एक युवकले आफैंमाथि आगो लगाएका छन्। शुक्रबार म्यानहट्टन अदालत बाहिर रहेको एक पार्कमा एक युवकले आफ्नै शरीरमा ज्वलनशील पदार्थ छ्यापेर आगो लगाएका हुन्। त्यसबाट गम्भीर घाइते भएका उनको शनिबार बिहान मृत्यु...
समुद्रमा समाहित हुँदै गरेको सूर्यको लालिमाले सागरमा च्यादर ओछ्याइरहँदा... ५ घण्टा अघि सेतोपाटी यात्रा संस्मरण समय त बगिरहन्छ, कहिले सुल्टो कहिले उल्टो। एउटा रहर थियो 'क्लकवाइज' घुमेको देश हेर्ने। नभन्दै पूरै २२ वर्षमा त्यो रहर पूरा भयो। घर-टोल चारैतिर हल्लखल्ला भएछ - 'को रै'छ जो कोसौ माइल पार गर्दै सात समुद्रपारि उनीहरूलाई भेट्न...
नेपालका ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने ५ घण्टा अघि सेतोपाटी नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट...
गण्डकीका मुख्यमन्त्रीले दिए चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय ६ घण्टा अघि सेतोपाटी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री बनेका हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। शनिबार मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीद्धयलाई जिम्मेवारी तोकेको जानकारी गराएको चुमानले बताए । ‘मन्त्रालयको जिम्मेवारी दिने काम मुख्यमन्त्रीको हो, उहाँले तपाइलाई अर्थ र मनाङेलाई...
भारतले रोक्यो नेपाली चियाको निर्यात ६ घण्टा अघि सेतोपाटी भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो। चिया निर्यातको...