फिल्म 'पूर्ण बहादुरको सारंगी' निर्माणको घोषणा
फिल्म 'पूर्ण बहादुरको सारंगी' निर्माण हुने भएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले फिल्म बनाउने भएको हो। शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको फिल्मलाई २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। ...