सवारी चालकहरूलाई प्रशिक्षण
देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिरहेको छ। सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित प्रालिमा आबद्ध चालक तथा सहचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको प्रालिले जनाएको छ। ...