रियल र बायर्नबीचको पहिलो लेग बराबरी
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन्। मङ्गलबार राति बायर्नको मैदानमा भएको खेल दुई-दुई गोलको बराबरीमा सकिएको हो। २४ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो।...