सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित
ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सबभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रूपमा सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा २०७९/८० मा सबभन्दा बढी, २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई सम्मानित भएको हो।...